डडेल्धुरामा मृत चितुवा फेला

रासस
413 पाठक संख्या
डडेल्धुरामा मृत चितुवा फेला डडेल्धुरा १७साउनः डडेल्धुरामा एउटा वयस्क फेरि चितुवा मृत फेला । गएको महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितु मृत फेला परेको थियो । तस्बिरः धनबहादुर भण्डारी÷रासस

डडेल्धुरा,१७ साउन । डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ ।

गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो ।

आज अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जङ्गलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय डडेल्धुराले जनाएको छ ।

चितुवा कसरी मर्‍यो भन्ने स्पष्ट जानकारी नभएको र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ ।

केहीदिन अगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इञ्च लामो भाले चितुवा मृत फेला परेको थियो ।

Leave a review