अधुरो सडक निर्माण कार्यको संसदीय समितिको अनुगमन,ठेकेदार भन्छन,अरु निकायले समयमै काम नगर्दा ढिलाभयो

साझेदारी दैनिक
759 पाठक संख्या

कलैया : बाराको मानवत–पिलुवा–मटिअर्वा सडकखण्डको कलैयामा रहेको अधुरो रहेको ३ किलोमिटर सडक नर्माण नाटक र नौटंकी भईरहेको छ ।

लामो समयदेखी निर्माणधिन उक्त अधुरो सडक निर्माणमा ढिला सुस्ती भएपछि स्थानीयहरु आक्रोशित बनेका छन । सडक कोरेर गिटी,माटोे थुपारेर छाडिएपछि सडक धुलाम्य भएपछि स्थानीय प्रताडित बनेका छन ।

स्थानीयहरुले पटक पटक आन्दोलन गर्दै आईरहेका छन । यसैवीच प्रतिनिधि सभाको संसदीय समिति अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार उक्त सडकको स्थालगत अनुगमन गरेको छ ।

समितिका संयोजक एवम् बारा क्षेत्र नम्बर ४ का सघीय सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ संयोजक रहेको समितिले अनुगमन गरेको हो । टोलीले अधुरो सडक निर्माणको लागि आन्दोलन गरिरहेका स्थानीयहरु संग पनि भेटघाट गरेको थियो । सो अबसरमा स्थानीयहरुले संसदीय टोलीसंग आक्रोश व्यक्त गरेका थिए ।

अनुगमन टोलीले सो क्षेत्रमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह,बारा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,पुर्वसांसद तथा जसपा नेता रामबाबु यादव लगायत अन्य सरोकारवालाहरुसंग सडक निर्माणमा ढिलासुस्ती हुनुको बारे अधुरो बाटो नबन्नुको कारण बारे जानकारी लिएको थियो।

समितिका संयोजक माननीय किसान श्रेष्ठले आउने मंगलबार सम्म ठेकेदार होमनाथ गौतमलाई सडक निर्माणको लागि जसरी पनि खटाउने अन्यथा ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउने प्रक्रिया अगाडी बढाउने बताएका थिए ।

यता सडकको निर्माण गर्ने जिम्मेवारी पाएका ठकेदार होमनाथ गौतमसंग सम्पर्क गर्दा मैले काम सुरु गर्दा त्याहा खानेपानीको पाइप लाइनको समस्या,विधुतिय पोलहरुको समस्या भएकोले केही समय ढिला हुन गएको बताए । अझै पनि विधुतको पोलहरु सारिएको छैन र घरहरुका लागी मुआब्जाकाको मुद्दा हालेर समस्या खडा भएकाले ढिला भएको बताए छन ।

उनले आफु फरार नभएको र कलैया उपमहानगरपालिकाका नगर प्रमुख र हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजका डिजिको सम्पर्कमा रहेको र खानेपानीको पाईप विछाउने कार्य सम्पन्न भएकोले अब आजबाट नै काम शुरु गर्न लागिएको साझेदारी दैनिकलाई ठेकेदार गौतमले जानकारी दिएका छन ।

सडक निर्माणका सन्र्दभमा नगर प्रमुख साहले काम गर्ने ठेकेदार फाँके पनि विहीबार कलैया नगरपालिकाको कार्यकक्षमा नै पत्रकार सम्मेलन गरेर काम शुरु नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । तर उक्त चेतावनीलाई ठेकेदार गौतामले भने स्टनका लागि यस्तो बताएका छन ।

Leave a review

This will close in 0 seconds