सिर्सिंया नदीलाई प्रदूषणमुक्त बनाउन काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह

साझेदारी दैनिक
493 पाठक संख्या

वीरगञ्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शुक्रबार सिर्सिया नदीको स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रदुषणको चपेटामा परेको वीरगञ्जको सिर्सिया नदीको मुख्यमन्त्री सिंहले निरीक्षण गर्नुभएको हो ।

नदिको निरिक्षण पश्चात वीरगञ्जमा आयोजित एक कार्यक्रमा बोल्दै सिर्सिंया नदीको बढ्दो प्रदूषणमुक्त बनाउन प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम नर्गुपर्ने बताएका छन ।

मुख्यमन्त्री सिंंहले पर्साको वीरगञ्जमा जैन श्वेताम्बर तेरापन्थी सभाले आयोजना गरेको महावीर जन्मजयन्ती कार्यक्रममा बोल्दै सिर्सिया नदीलाई फोहोरमुक्त र हराभरा बनाउनुपर्नेमा बताएका हुन ।

उनले, “सिर्सिया नदी कुनै समय पवित्र मानिन्थ्यो, जसमा स्नान गर्दा रोग निको हुने विश्वास थियो। आज प्रदूषणका कारण यसले गम्भीर समस्या सिर्जना गरिरहेकाले यसलाई सफा,स्वच्छ र हराभरा बनाउने अभियानमा प्रदेश सरकार र स्थानीय सरकार मिलेर लाग्न आवश्यक छ।“

सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले जैन धर्मका प्रवर्तक भगवान् महावीरको जीवनी र शिक्षाबाट अहिंसा, संयम र सामाजिक सत्कर्मतर्फ प्रेरणा लिनुपर्ने बताएका छन ।

Leave a review

This will close in 0 seconds