सव-इन्जिनियर ८० हजार घुस सहित पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 574 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

श्याम यादव/

अख्तियारको टोलीले बारामा आईतवार एक कर्मचारी सहित दुई जनालाई घुस रकम सहित नियन्त्रण लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिगएको टोलीले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल र उनका सहयोगीलाई नियन्त्रणमा लिएको हो ।

जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस रू.८० हजार घुस रकम लिईरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

काम सम्पन्न भई सकेपछि रकम भुक्तानी गर्ने बेला सव–इन्जिनियर जैसवालले सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय हेटौडाबाट खटिआएको टोलीले नियन्त्रणमा लिएको छ ।

सव–इन्जिनियर जैसवालले सेवाग्रहीसंग ८० हजार घुस रिसवत बापतको रकम लिईसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा निज दुबैजनालाई उक्त रकम सहित कलैया नगरपालिका वडा नं. ४ बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review