भारतीय कुखुरा तथा अण्डालाई कडाईका साथ नियन्त्रण गरिन्छ– प्रजिअ अधिकारी

साझेदारी दैनिक
365 पाठक संख्या

कलैया : भारतीय कुखुरा तथा अण्डालाई कडाईका साथ नियन्त्रण गरिने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित प्रतिबन्धित भारतीय कुखुरा तथा अण्डा नेपाल भित्र प्रवेश रोक्का सम्बन्धमा छलफल तथा अन्तरक्रियामा प्रजिअ अधिकारीले यस्तो बताएका हुन् । सो बैठकमा अनुगमन समिति बनाएर नियमित अनुगमन गर्ने र मासिकरुपमा समन्वय बैठक गर्ने लगायतका निर्णयहरु भएका छन्।

प्रतिबन्धित भारतीय कुखुरा तथा अण्डा अबैधरुपमा नेपाल भित्र आउँदा नेपाली उत्पादक र व्यवसायीहरु मारमा पर्नुका साथै बर्ड फ्ल्यूजन्य रोगहरु पनि भित्रिन सक्ने खतरा रहेको छ।

बजारमा देखिएको सबै सेतो भारतीय अण्डा र कुखुरा भारतीय रहेको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताएका छन्।

उनका अनुसार भारतीय कुखुराको साइज ३ देखि ४ केजिको हुन्छ भने नेपाली कुखुराको साईज २ देखि अढाई किलोको हुने गर्छ। कुखुराको साइज अनुसार पनि पहिचान गर्न सकिने उनले बताए।

बोर्डरको छेउमा कुखुरा फाल्न फर्म गरेको राख्ने देखाउनको लागी,रातभरी भारतीय कुखुरा त्यो फर्ममा लग्ने अनि फर्मबाट फर्जी बिल जारी गरी नेपाली गाडीमा लोड गरि बजारसम्म ओसारपसार गर्ने समेत पठाउने गरेको सहायक प्रजिअ भट्टराईले जानकारी दिएका छन्।

बोर्डरमा भारतीय कुखुरा र अण्डालाई नियन्त्रण गर्न निकै नै चुनौतीपूर्ण रहेको सहायक प्रजिअ भट्टराईले बताए।

भारतीय कुखुरा र अण्डामा भारतले अनुदान दिन्छ र सबसिडी धेरै भएको कारण तथा नेपाली व्यवसायीहरुले अनुदान नपाएकोले नेपाली कुखुरा व्यवसायीहरुले भारतको कुखुरा र अण्डासंग प्रतिस्पर्धा गर्न नसक्ने भएकोले नेपाली व्यवसायी धारासायी भएको उनले बताए।

त्यस्तै नियन्त्रण गर्नलाइ भारतीय कुखुरा र अण्डा देखिने बितिक्कै नष्ट गरिने गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सीले बताएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख भंसार प्रशासक,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,सुरक्षा निकायका प्रमुख,कुखुरा तथा अण्डा व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको सहयोगी पशु क्वारेन्टाइन कार्यालय वीरगंज,पर्सा रहेको थियो ।

Leave a review