सिम्रौनगढ: नूर आलम बादशाह/ पचरौता नगरपालिका–७ स्थित बेनौली माध्यमिक विद्यालयका प्रधानाध्यापकको सोमबार विद्यालयमा एक कार्यक्रमवीच विदाई गरिएको छ।
प्रधानाध्यापक ज्ञानी प्रसाद साहको एक कार्यक्रमवीच विदाई गरिएको हो। सरुवा भई बेलदारी मावि जान लागेको साहको विद्यालयबाट विदाई गरिएको हो।
विद्यालयमा प्रधानाध्यापकको रुपमा प्रमोद प्रसाद यादव आएका हुन्। कार्यक्रममा साहलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
बिधालयका शिक्षक,शिक्षिका,अभिभावक तथा बिधार्थीहरुले साहलाई फूलमाला,अबीर तथा खादा समेत ओढ़ाई बिदाई गरेका हुन्।
बिगत १४ बर्ष देखि साह नेरामावि बेनौलीमा प्रधानाध्यापकको रुपमा कार्यरत थिए। प्रधानाध्यापकको पदमा बसेर साहले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रधानाध्यापक प्रमोदप्रसाद यादवको अध्यक्षतामा भएको बिदाई कार्यक्रमका प्रमुख अतिथि पचरौता नगरपालिकाका सहायक शिक्षा प्रमुख मुकेशकुमार सिंह रहेका हुन्।
यसैगरी कार्यक्रममा शिक्षकहरु जयप्रकाश सिंह,राजु यादव,प्रमानन्द सिंह,भुनेश साह,कन्हैया साह,केशव यादव,अतिउल्लाह अंसारी,सुनीलप्रसाद कुशवाहाको सहभागिता थियो।
सो कार्यक्रममा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षक रामदिनेश साहले गरेका थिए ।

