कोल्हवी ८ नयाँवस्तीमा तीन दिवसीय आध्यात्मिक संगोष्ठी शुरु

सन्तोष पाण्डे
812 पाठक संख्या

कोल्हवी । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्ती स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आजदेखी तीन दिवसीय आध्यात्मिक धर्म जागनी संगोष्ठी शुरु भएको छ।

श्रीकृष्ण प्रणामी सेवा समिति बारा,पर्सा समितिको आयोजनामा भएको उक्त संगोष्ठीको प्रणामी मन्दिर निजनामधाम नजरपुर रौतहटका गाधीपति श्री १०८ सुरेन्द्र महाराजजीले दिपप्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

सेवा समिति बारा,पर्सा समितिका अध्यक्ष अर्जुन प्रसाद घिमिरेको अध्यक्षतामा उक्त आध्यात्मिक धर्म जागनी संगोष्ठी उद्घाटन कार्यक्रममा शिविरमा प्रशिक्षणकै लागि आउनुभएका भागवताचार्य,वाणी विषारद नविन कृष्ण शास्त्री,कथाकार श्यामदास कुबर,श्रीकृष्ण प्रणामी युवा परिषद मधेश प्रदेशका सचिव उमेश सापकोटा,युवा परिषद,बाराका अध्यक्ष मोहन सापकोटा,बाईजुराज महिला समिति बारा,पर्साकी अध्यक्ष मन्दिरा उप्रेति लगायतकाले शुभभाव मन्तव्य राख्नुभएको थियो ।

चैत्र २० गतेसम्मा संचालन हुने आध्यात्मिक धर्म जागनी संगोष्ठीमा बाराको निजगढ,सिमरा,मधुवन,कलैया,पर्साको वीरगञ्ज लगायत स्थानका निजानन्द सम्प्रदायको सहभागिता रहेको छ ।

उक्त संगोष्ठी उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सेवा समिति बारा, पर्साका उपाध्यक्ष होमनाथ उप्रेतिले र कार्यक्रमको सचालन सचिव विनोद कार्कीले गर्नुभएको मधुवन मन्दिर समतिका अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।

Leave a review