अनधिकृत सिचाइमा प्रयोग भएका १० विद्युत मोटर नियन्त्रणमा

साझेदारी डेलि
192 पाठक संख्या

कलैया । सिचाई प्रयोजनका लागि अनधिकृत रुपमा विद्युत चोरी गरी सञ्चालनमा ल्याइएको १० थान विद्युत मोटर बरामद गरिएको छ।

बारा जिल्लाको सुवर्ण गाउँपालिका र चरमोहना गाउँ लगायत विभिन्न क्षेत्रबाट सो मोटर बरामद गरिएको हो।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट चुहावट नियन्त्रण कार्यको लागि खटाइएको कर्मचारी तथा सुरक्षाकर्मी सहितको संयुक्त टोलीले सोमबार नियन्त्रणमा लिएको हो।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका सुपरभाइजर दिपेन्द्र कुमार साहका अनुसार नियन्त्रणमा लिएका विधुत मोटरका धनी बुझन आयो भने जरिवाना लिइ छोडने नत्र जफत गरिने छ।

Leave a review

This will close in 0 seconds