कलैया : यदी तपाई मानमत मटिअर्वा सडकको पिलुवा–बडहर्वा सडक हुदै बाराको सदरमुकाम कलैया जादै हुनुहुन्छ भने तपाईले सवधानी अपनाउन जरुरी छ ।
यो सडक भएर कलैया जाने अधिकांश सवारी साधान कलैयाको मुखैमा सडककै कारण भासिने वा पल्टीन संभावना छ ।
अलिहे खासै बर्षा पनि भएको छैन तर कलैयाको संस्कार एफएमदेखी देवकोटा चौकसम्म सडक विग्रिएर पोखरी,नदी जस्तो बनेको छ । यही ठाउमा हरेका दिन सवारी साधान पल्टीएको र भासिएको देश्य हेर्न पाईन्छ ।
मंगलबार मात्र पिकअप गाडी,बोलेर पल्टीएर पानीमा डुवेको छ । गत बिहीबार विहान परेको पानीले कलैया उपमहानगरपालिका स्थित मानवत मटिअर्वा सडकखण्ड अन्तर्गत संस्कार एफ.एम नजिक सडक हिलाम्मे बनेपछि सवारी साधनलाई आवत जावत गर्न कठिनाई भईरहेको छ ।
अहिले ठुलो बर्षा नभएपछि हलुका परेको पानीकै कारण संस्कार एफ.एम. देखि श्री ३ चन्द माध्यमिक बिधालयको मेन गेट सम्म सडक हिलाम्मे बनेपछि सवारी साधन हिलोमा फस्ने गरेका हुन् ।
निर्माणाधीन अधुरो सडकमा वर्षा र नालाको पानी समेत जमेर सवारीसाधन तथा पैदल यात्रुलाइ आवत जावत गर्न छ । सडक हिलाम्मे भएपछि ज्यान जोखिम मोलेर सवारी साधन चलाउन बाध्य भएको चालकहरुको गुनासो छ ।
सडक हिलाम्य भएर दैनिकजसो सवारी साधानहरु पल्टीने र भाष्सिने गरी गर्दासम्म सम्बन्धीत निकाय र स्थानीय तहरु मुकदर्शक बनेका छन । अति व्यस्थ र मुख्य सडकको अवस्था यस्तोहुदा कलैय उपमहानगरपालकाको कार्यालय र सडक ठेक्काको जिम्मेवारी लिएकाहरु कानमा तेल हालेर बसेका छन ।

