आगो ताप्ने क्रममा जलेर बृद्ध महिला घाईते

साझेदारी दैनिक
261 पाठक संख्या

कलैया : आगोले जलेर बुधबार दिउँसो बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ ठुलो ब्रहम्पुरीमा एक बृद्ध महिला गम्भिर घाईते भएकी छन ।

घाईते हुनेमा स्थानीय ८५ बर्षिया सुगिया देवी रहेकी छिन । उनी आफनै घर आँगनमा आगो तापने क्रममा आगोले जलेर उनी घाईते भएकी उनका छोरा मनोज साहले जानकारी दिएका छन ।

प्रतिकुल मौषमको कारण बिगत केही दिनदेखि अत्याधिक चिसो बढेपछि उनी आगो तापन बसेकी थिईन। आगो तापने क्रममा अचानक कपडामा आगो लागेपछि उनको हात र कमर मुनीको भाग जलेको छ ।उनलाई उपचारको लागि बीरगञ्ज लगिएको छ ।

जाडोको बेलामा आगो तापने क्रममा सावधानी नअपनाउदा प्रत्येक धेरै मानिसहरु आगोले जलेर घाईते हुने गरेका छन ।जाडोको बेलामा बृद्धबृद्धालाई बढी समस्या हुने गरेको छ ।

Leave a review