Sajhedari Daily
Latest News from Nepal

केन्द्रिय दुग्ध सहकारी संघ र कासा परियोजनाको साझेदारीमा कोभिड किसान राहत वितरण

बाराको निजगढमा बुधवार एक कार्यक्रमवीच कोभिड दुग्ध किसान राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रिय दुग्ध सहकारी संघ नेपालकोे आयोजनामा कासा परियोजनाको साझेदारीमा उक्त राहत वितरण गरिएको हो । निजगढ स्थित बागदेब दुग्ध उत्पादक सहकारी सस्था निजगढको सभाहल आयोजित उक्त राहत बितरण कार्यक्रम कोरोना भाईरस(कोभिड) महामारीको समयमा दुध दिने पशु क्षेति भएका किसानहरुलाई राहत वितरण गरिएको छ ।
उक्त परियोजना अन्तरगत बारा जिल्ला का ६ वटा र रौतहट जिल्ला का ३ वटा गरि ९ वटा दुग्ध सहकारी सस्थाहरुमा आबद्ध १५ जना पशुपालक कृषकहरुलाई कोभिड किसान राहत स्वरुप प्रति किसान नगद रु २० हजार र ब्याज अनुदान वापत २ जना किसानहरुलाई नगद रु १० हजारका दरले अनुदान रकम हस्तान्तरण गरियको छ ।
कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटाले किसनहरुलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभएको कासा परियोजनाकी सामाजिक परिचालिका अनिता जयसवाले बताईन ।
बागदेब दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष थानेश्वर सापकोटोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अर्जुन प्रसाद घिमिरेले स्वागत मन्तव्य र कासा परियोजनाकी फिल्ड ट्रेनर सम्झना पौडेलले कार्यक्रमको संचालन गरेको थिईन ।
उक्त कार्यक्रममा बारा र रौतहटका ९ वटा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा केन्द्रिय सहकारी संघका अध्यक्ष देवकोटा र सहकारी संस्थाका प्रतिनिधीहरुवीच दुग्ध उत्पदान, गुणस्तर र बजारीकरणका विषयमा समेत अन्तरक्रिया भएको थियो ।