सामाजिक सुरक्षा कोषले उपमहानगर प्रमुख पौडेललाई गर्यो सम्मान

रञ्जन यादव
249 पाठक संख्या

सामाजिक सुरक्षा कोष काठमाण्डौले एक कार्यक्रम वीच बाराका एक उपमहानगरप्रमुखलाई सम्मान गरेको छ ।

उसले जीतपुरसिमरा उपमहानगरपालिकाका उपमहानगर प्रमुख राजन पौडेललाई प्रशंसा–पत्रले सम्मान गरेको हो ।

सामाजिक सुरक्षा कोषबाट अनौपचारिक क्षेत्रका लागि सञ्चालित सामाजिक सुरक्षा योजना कार्यान्वनमा सम्झौता गरेकोमा उपमहानगरपालिकालाई सम्मान गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका,बाराले पालिकाभित्र कार्यरत रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पालिकाको तर्फबाट सह–योगदान समेत गर्ने गरी कोषसँग सम्झौता गरेकोमा सम्मानित भएको हो ।

छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेयर पौडेललाई प्रशंसा–पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको विशेष सम्मानित गरेको थियो । सामाजिक सुरक्षा कोषका सञ्चालक समिति अध्यक्ष केवल प्रसाद भण्डारी, कोषका कार्यकारी निर्देशक कविराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a review