प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जना पक्राउ

साझेदारी दैनिक
517 पाठक संख्या

कलैया : बारामा प्रहरी काम करवाहीमा बाधा गरी अभद्र व्यवहार गर्ने एक जना व्यक्तिलाई प्रहरीले कलैया बजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मौवाही टोल बस्ने ४५ बर्षिय भोला साह कानु रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनी माथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कानूनी कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

गत फागुन २४ गते बाराको सिम्रौनगढ नगरपालिका वडा नं.६ अमरपुर टोल स्थित नेपाल भारतको सिमानाकाबाट लागु औषध ओसार पसार कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।

प्रहरी टोलिहरूले चेक जाँच तथा सोधपुछ गर्ने क्रममा १०/१५ जनाको समुहमा आएका मानिसहरूले प्रहरी कार्यमा बाधा अवरोध पु-याई प्रहरी संग हातपात तथा अभद्र व्यवहार समेत गरी भागी फरार भएका थिए ।

Leave a review

This will close in 0 seconds