बाटो निर्माण कार्य तिन दिन भित्र सुरु भएन भने आफै आन्दोलन गर्छु ः– नगर प्रमुख साह

साझेदारी दैनिक
साझेदारी दैनिक 2.2k पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सन्दिप यादव/

बाराको बहुप्रतीक्षित आयोजनाको रुपमा रहेको मानवत–मटिअर्वा सडकखण्ड अझै पनि पुरा भएको छैन ।

आयोजना सुरु भएको लामो समय भईसक्दा पनि निर्माण कार्य पुरा नभएको भन्दै स्थानीयहरुले तिन देखि चक्का जाम गर्दै आन्दोलन गरेका थियो । आयोजना पुरा नहुदा जिल्लाको सदरमुकाम कलैया अहिले कुरुप अवस्थामा देखिएको छ ।

मानवत–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया स्थित संस्कार एफ. एम देखि दुर्गा उच्च माध्यमिक विद्यालय बरेवा सम्म साढे तीन किलोमिटर सडक निर्माण नहुदा स्थानीय आन्दोलित भएका छन् ।

पटक–पटक ठेकेदार निर्माण कार्य छोडेर भागेपछि स्थानीयहरुले सम्बन्धित निकायमा गुनासो गरेका थिए तर केहि सुन्वाइ नभएको भन्दै तीन दिन देखि बाटो बन्द गरि आन्दोलन गर्दै आएका स्थानीयहरु अधुरो सडक निर्माण गर्न माग गर्दै कलैया उपमहानगरपालिकाको कार्यालयमा समाजिक अभियन्ता एवम् युवा नेता डा सुशील साहको नेतृत्वमा दुई सय भन्दा बढी जनता सहित ताल्चा लगाउन पुगेका थिए ।

सडक नबन्दा मोटरसाइकल, साइकल चलाउँदा र पैदल हिँड्दा धुलाम्य भइन्छ, वर्षायाममा त खाल्डाखुल्डी भएर पानी जमेको हुन्छ । सबै ठाउँमा संरचना हटाइसकेको अवस्थामा सडक बन्न नसक्नु दुःखद् हो बिशाल जैसवालले बताएका छन् ।

सडक नबन्दा कलैयामा ट्राफिक व्यवस्थापन असहज भएको छ । सवारी साधनको चाप र सर्वसाधरणको भिडभाड बढेको भन्दै स्थानीयहरुले आन्दोलन गरेका थिए ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुखको कार्य कक्षमा आन्दोलित स्थानीय बासीहरु , वार्ड नम्बर १ का वार्ड सदस्य शशी दास, प्रमुख प्रशासकीय अधिकृत नाथु साह,सन्चारकर्मी लगायतको रोहबरमा तिन दिन भित्र सडक अवरुद्ध संरचना हटाउन सहमति भए पछि बन्द गरिएको बाटो खुलेको थियो ।

मानवत मटिअर्वा सडकखण्डमा बाँकी काम सम्पन्न गर्नका लागि सप्तकोशी जलाधार ओमसाई एण्ड कम्पनी जेभी नयाँ बानेश्वर काठमाण्डौंले ठेक्का लिएको हुलाकी राजमार्ग सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले जानकारी दिएका छन् ।

उनका अनुसार सडक तथा नाला निर्माण कार्यका लागि ३६ करोड ५२ लाख ७८ हजार ७२४ रुपैयाँ ६० पैसा (भ्याट पिएससमेत) लागत अनुमान गरिएको थियो । तर ठेकेदार कम्पनीले १४ करोड २० लाख ९२ हजार ४०५ रुपैयाँ कममा अर्थात २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँ ९४ पैसामा ठेक्का सकार गरेको छ । ३.६७८ किलोमिटर ६ लेन सडकको चौडाइ ३० मिटर छ । फुटपाथको चौडाइ २.३० मिटर छ भने मेडियन (डिभाईडर) को चौडाइ २ मिटर छ ।

०७८ माघ २ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडक र नालाको काम ०७९ माघ १ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review