कलैया : सशस्त्र प्रहरी कर्मचारीहरुको घरपछी को घर यही पवित्र संगठन रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताउनु भएको छ ।
बाराको कलैया उपमानगरपालिका–१६ स्थित उत्तर झिटकैया सशस्त्र प्रहरी बल नम्बर १२ गण हे.क्वा.बाराको प्राङ्गणमा आयोजित १८ औं स्थापना दिवसमा उहाले यस्तो बताउनु भएको हो ।
राज्यको अपेक्षा अनुरुप सशस्त्र प्रहरी बल नेपालले छोटो समयमा गौरब इतिहास कायम गर्दै अगाडि बढेको उहाले बताए । विभिन्न सुरक्षा चुनौती प्राकृतिक प्रकोप,महामारी,विपद व्यवस्थापन लगायतका चुनौतीहरुको सामाना गर्दै राज्यको एक भरपर्दो सुरक्षा निकायको रुपमा आफुलाई स्थापित गर्न सफल भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक बाहिनिपती धौवजीको भनाई छ ।
सिमा सुरक्षा,आन्तरिक शान्ति सुरक्षा,राजस्व अभिवृद्धिमा विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको उनले बताए । साथै सशस्त्र प्रहरी बलको गौरवपूर्ण इतिहास र यसले राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा र आपत्कालीन उद्धारमा पु-याएको योगदानको चर्चा समेत गर्नु भयो ।
नम्बर १२ गणले बारा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न र समुदायसँग सहकार्य गर्न उल्लेखनीय काम गरेको उहाले समेत बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सिमा सुरक्षा,विपद व्यवस्थापनमा गरेको काम हरेक चोटि कामको प्रगति भएको बताउनु भएको छ ।
वर्षभरी यो गणले गरेको काम समिक्षा गर्ने र अर्को वर्ष उत्कृष्ट काम के गर्ने अझ बढी अनुशासित,विश्वासनिय भएर काम गर्न प्रजिअ अधिकारीले आग्रह गर्नु भयो । साथै सुधार आफू भित्रबाटै गर्ने पर्ने प्रजिअ अधिकारीले बताउनु भयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर १२ गण हे.क्वा बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सीले झन्डै ६० किलोमिटर लम्बाई नेपाल– भारत अन्तरराष्ट्रिय सिमाको सिमा सुरक्षा,सिमा स्तम्भको सुरक्षा तथा अभिलेखिकरण,अपराध नियन्त्रण,चोरीपैठारी नियन्त्रण,तस्करी नियन्त्रण तथा अवैध गतिविधिको निगरानी गरि जिल्लाको समग्र शान्ति सुरक्षा भरपर्दो व्यवस्था कायम गरेको बताउनु भयो ।
सो अवसरमा प्रमुख अतिथि समेतरहबाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले केक काटी तथा बेलुन र परेवा उडाउनु भएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरी बलका जवानहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथै, गणले विगतमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूसँगै विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरूलाई सम्मान पत्र र पुरस्कार प्रदान गरी हौसला प्रदान गरिएको थियो ।
सशस्त्र प्रहरी बलका खेलाडी तथा उत्कृष्ट कार्य गर्ने प्रकाश चन्द्र भट्ट,प्रकाश पौडेल,सोमराज गुरुङ्, दिनेश प्रसाद कुशवाहा,डिल बहादुर थापा,समर तामाङ्ग,धन बहादुर पिठाकोटे,विक्रम गोले,सप्रज रविन बराम,राहुल लावड,उपेन्द्र पण्डित,विश्वराज कुवर,सरोज चौधरी,संजय पटेल,उज्वल के.सी.,राम विनय गिरी,सन्तोष साह तेली,विवेक कुमार सहनी,रविन वि.क.,कान्छी माया जिम्बा,मन बहादुर गिरी,रविन बराम,विवेक कुमार सहनी,सम्मी मण्डल,शैलेन्द्र यादव,रितेश यादव र रविन्द्र कुमार यादव पुरस्कृत हुनु भएका थिए ।
उक्त कार्यक्रममा कलैया उप–महानगरपालिकाका प्रमुख बिनोद साह,निजगढ नगरपालिकाका प्रमुख सुरथ पूरी, पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैस्वार,फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अंसारी,जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,अवकाश प्राप्त स.प्र.ना.म.नि. कृष्णभक्त ब्रह्मचार्य, राष्ट्रिय अनुसन्धान विभागका अवकाश प्राप्त अनुसन्धान निर्देशक रविन्द्र पण्डित,अवकाश प्राप्त स.प्र.ब.उ. डिल बहादुर थापा क्षेत्री,अवकाश प्राप्त स.प्र.ब.उ. रामाधर यादव, राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराका प्रमुख हरि प्रसाद शर्मा,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग,सशस्त्र प्रहरी बल, नेपाल नं.११ १३ र ४० गणका गणपति,राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख उप–अनुसन्धान निर्देशक दिपक खड्का,बिभिन्न संघ सस्था,उद्योग कलकारखानाका प्रमुख तथा प्रतिनिधि,अमर सशस्त्र प्रहरीका आश्रीत परिवारजनहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु लगायतको उपस्तिथि रहेको थियोे ।
सो कार्यक्रमको संचालन सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह धामीले गर्नु भएको थियो ।


