संघीय सांसद यादवको सकृयतामा पसाहा नदिमा दुई वटा पुलको ठेक्का लाग्यो

साझेदारी दैनिक
765 पाठक संख्या

साझेदारी संवाददाता
कलैया,४ असोज
नेपाल सरकार भौतिक पुर्वधार विकास मन्त्रालयले बाराको पसाहा नदिमा दुई वटा पुल निर्माणका लागि ठेक्का आवहान गरेको छ ।
मन्त्रालयले जिल्लाको अति महत्वपुर्ण सडकको रुपमा रहेको सिमरा–कोल्हवी सडक अन्तरगत जीतपुरसिमराको वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्न पसाहा नदिमा तथा कलैया–सिस्वा महेशपुर–मधुवन सडक अन्तरगत खम्वा र मधुवन जोड्ने पसाह नदिमा पुल निर्माण गर्न बोलपत्र आवहान गरेको छ ।
बारा क्षेत्र नम्बर ३ का निवर्तमान संघीय सांसद एवम् जनता समाजवादी पार्टी(जसपा) का मधेस प्रदेश अध्यक्ष रामबावु कुमार यादवको पहल र विशेष सक्रियातामा यी दुवै पुल ठेक्का प्रक्रियामा गएका हुन । सांसद यादवसंगै स्थानीय तहका जनप्रतिनिधिहरुको समेत महत्वपुर्ण भुमिका रहेको हो । ठेक्का प्रक्रियाले मात्र नभई निर्माण प्रक्रिया छिटो गराउन पनि सवैको सकृयता र पहल पनि आवश्यक छ ।
सांसद यादवले साझेदारी दैनिकसंग कुराकानी गर्दै आफु पदमा रहेपनि नरहेपनि यी दुई वटा पुल निर्माण कार्यलाई छिटो सम्पन्न गर्न आफ्नो सधै सकृयता र पहलकदमी रहिराख्ने प्रतिबद्धता जनाएका छन । यी दुई वटा पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गएपछि यस क्षेत्रका बासिन्दाहरुलाई पुल बन्नेमा झिनो आशा पलाएको छ । ठेक्का लागेपनि निर्माण कार्य सम्पन्न गर्न बर्षौ बर्ष लाग्ने समस्याले पनि जनतामा अझै उत्साह आउन नसकेको रामनगर निवासी पशुराम दाहाल बताउछन ।
मन्त्रालयको सडक विभागको आयोजना कार्यालयले जैतापुर र रामनगर जोड्न पसाहा नदिमा आसोज ४ गते मंगलवार बोलपत्र आवहान गरेको हो । उक्त पुल १६५ मिटर लम्बाई दुई लेन गरि करिव ४० करोडको लागतमा निर्माण हुने आयोजना कार्यालयले जनाएको छ । करिब दुई बर्षअघिदेखी नै पसाहा नदिमा पुल निर्माणका लागि बातावरणीय प्रभाव प्रतिवेदन र स्वायल टेष्ट भएपनि ठेक्का प्रक्रियामा जान सकेको थिएन । यस्तै पसाहा नदिकै खम्वा र मधुवन जोड् पुल निर्माणका लागि यसअघि गत भदौ २६ गते नै सडक डिभिजन कार्यालय हेटौडाले ठेक्काको लागि बोलपत्र आवहान गरिसकेको छ । यो क्षेत्रमा करिब १०५ मिटर लम्बाईको दुई लेन पुल करिब साढे २६ लाखमा निर्माण हुने जनाईएको छ । ठेक्का
सघीय सांसद यादवकै विशेष सकृयता र पहलकदमी तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सिमरा–कोल्हवी सडक अन्तरगतकै बालगंगा नदिमा निर्माणाधीन अलपत्र अवस्थाको पुल पनि संचालनमा ल्याईएको छ । जग्गा विवादका कारण अदालतको आदेशले निर्माण कार्य रोकिएको बालगंगा नदिमा पुल मर्मत पछि संचालनमा आएको छ । पुल संचालनमा आएसंगै सो क्षेत्रका हजारौ जनताले बर्षाको समयमा राहत पाएका छन ।

 

Leave a review