अवैध कारोबारमा २१ जना पक्राउ

रासस
476 पाठक संख्या

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिनुभयो ।

सो समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेका पाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता शाहीका अनुसार ब्यूरोले विरेन्द्रप्रसाद साह,दिपेन्द्रप्रसाद साह,श्रवणकुमार साह,तारालाल यादव,हरेराम महतो,निरोजकुमार महतो,अलितादेवी महतो,प्रकाश सिंह,अरुणकुमार साह, प्रदीपकुमार साह,सञ्जिवकुमार महतो,राजकमल लोनिया,भीमकुमारी गुरुङ,रामविलास साह तेली,ममताकुमारी साह,विकर्णजङ्ग राणा,गणपति पाण्डे,सलमा खातुन,सुशिलाकुमारी साहू, गोविन्दप्रसाद आचार्य र सम्भु मेहतालाई पक्राउ गरेको हो ।

उनीहरूले अवैध कारोबार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरितको गतिविधि गरेको पाइएकाले थप कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो ।

Leave a review

This will close in 0 seconds