जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा कर शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय सिमराको समन्वयमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले अमलेखगञ्जका होटल व्यवसायीहरुलाई कर तथा राजश्व सम्वन्धी जानकारीमूलक कार्यक्रमको आयोजना गरेको हो ।
यसअघि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले असोज १९ गते सिमरा बजार त्यसैगरी संघको सभाहल जीतपुरमा कर शिक्षा कार्यक्रमको आयोजना गरेको थियो ।
यता बिभिन्न सम्वन्धित निकायहरुको सहयोगमा आन्तरिक राजश्व कार्यालय सिमराले करदाताहरुलाई कर सम्बन्धि शिक्षा दिने कार्यक्रमलाई सकृयताका साथ अघि बढाइरहेको छ ।
राजस्व कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न ठाँउहरुमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमहरु गर्दै आइरहेको छ ।

