स्रोत नखुलेको रकमसहित दुई पक्राउ

राजेश कुशवाहा
397 पाठक संख्या

कलैया : प्रहरीले महोत्तरीको औरही नगरपालिका–४ कठुधारबाट आइतबार दिउँसो स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २५ वर्षीय रवि साह र भारत सितामढी कनवा बस्ने २० वर्षीय रितेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनीहरुको साथबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको प्रहरीले सम्सीबाट गौशालातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds