वीरगञ्ज : बारा निवासी एक किशोरी वीरगञ्जस्थित सरिसवा नदीमा हाम फालेर आईतबार बेपत्ता भएकी छिन् ।
प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी बिनोद दासकी १६ वर्षीय छोरी राधिकाकुमारी दास वेपत्ता भएकी हुन्।
वीरगञ्जस्थित सरिसवा नदीमा आएको बाढीको पानीमा हाम फालेर दास वेपत्ता भएकी हुन् ।
वीरगञ्ज महानगरपालिका रानीघाट सरिसवा नदीमा उनी अचानक हाम फोलकी थिईन्। नदीमा हाम फालेकी किशोरीको अवस्था अज्ञात रहेको छ।
उनको खोजी कार्यको लागि प्रहरी र सशस्त्र प्रहरी खटिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।
दिनभरि प्रहरीको गोताखोरले सरिसवा नदीमा खोजबिन गरेको भएपनि किशोरीलाई फेला पार्न सकेन। उनले किन नदीमा हाम फालेकी हुन् भन्ने कुरा खुल्न सकेको छैन्।

