कलैया : प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट बिहीबार बिहान नियन्त्रित लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत भैसाली ग्राम हुसेनाराके–१२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र भारत मोतिहारी ग्राम कटगेनवा–२ बस्ने १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।उनीहरुको साथबाट नियन्त्रित लागू औषध ट्रामाडोल १६ हजार ५ सय ट्याब्लेट र मोबाइल ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ बियु ३४८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको हो ।
कारको पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट बुधबार बिहान अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् ।
उनीहरुको साथबाट अबैध लागु औषध गाँजा करिब ४ किलो ५ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।बरामद भएको गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिई आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


