राजनीतिक प्रतिशोधका कारण आफ्नो घरमा तोडफोड भएको हो –यादव

राजेश कुशवाहा
324 पाठक संख्या

कलैया । बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली निवासी नेकपा एकिकृत समाजवादी बाराका सचिवालय सदस्य किशोरीप्रसाद यादवले राजनीतिक प्रतिशोधका कारण आफ्नो घरमा तोडफोड गरिएको आरोप लगाएका छन्।

कलैयामा सोमबार विहान आयोजित पत्रकार सम्मेलनमा पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले राजनीतिक प्रतिशोध साधन सडक बिस्तारको नाममा आफनो र भाई दयासागर यादवको निजी जग्गामा रहेको घरमा तोडफोड गरिएको आरोप उनले लगाए।उनले तोडफोड बाट आफ्नो घरमा २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताए।

उनले आफ्नो घरमा भएको क्षतिपुर्ति दिन माग गरेका छन्।उनले आफुलाई न्याय दिलाउनका लागि सरोकारवालाहरुसंग आग्रह गरे। उनले सुनियोजित ढंगले आफनो घरमा नगरप्रमुख सिंहले तोडफोड गराएको दावी गरे।

उनले उच्च अदालतको आदेश बिरुद्ध नगरपालिकाले जबरजस्ती जेठ ३ गते नरबढीको रुपमा कायम बाहेकको नक्सा बिपरित तोडफोड गरिएको जनाए ।

निजी निवास घरलाई बाटो बिस्तारको नाममा बिगतमा पनि नगर प्रमुख सिंहले भौतिक रुपमा आक्रमण गर्ने काम गर्दै आएको उनले बताए।

नेकपा एस पचरौता नगर कमिटिका अध्यक्ष जयप्रकाश यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सञ्चालन दिनानाथ सहनीको रहेको थियो।

पत्रकार सम्मेलनमा नेकपा एसका नेता रामचन्द्र प्यासी,जिल्ला बिकास समितिका पूर्व सभापति छठु प्रसाद यादव,नेकपा एसका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी,जिल्ला उपसचिव धु्रव यादव,जिल्ला सचिवालय सदस्य कृष्णमणी चौधरी,राजेन्द्र बिधार्थी,नरेश मोदक लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds