कलैया : बाराको कलैयामा आईतबार द सहरा लोन सेविङ्सको–अपरेटिभ सोसाइटी लिमिटेडको २८ औ बार्षिक साधारणसभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बाराको निर्वाचन क्षेत्र ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य समिरको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उतm अवसरमा बोल्दै द सहारा आज वास्तवमा जनताको सहारा भएको बताए । द सहाराले गरेको काम र जनता प्रति देखिएको उतारदायित्वको लागि उनले धन्यवाद दिएका थिए ।
द सहारका संचालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वीरगंज शाखाका प्रबन्ध निर्देशक श्याम सुन्दर चौधरी,गरिमा बिकास बैक कलैया शाखाका शाखा प्रमुख नन्द किशोर यादव,पत्रकार महासघ वाराका पुर्व अध्यक्ष लक्ष्मी साह,नेपाल पत्रकार महासघका नव निर्वाचित केन्द्रिय सदस्य सिकेन्द्र पासवान र राजु बिश्वकर्मा,नव निर्वाचित नेपाल पत्रकार महासघ वाराका अध्यक्ष रमेश सुवेदी,नागरिक समाज वाराका अध्यक्ष उमेशलाल दास,उधोग बाणिज्य सघका अध्यक्ष राजकुमार साह,ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका मुख्य संचालिका मिना दिदी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा द सहारा कलैया शाखा प्रबन्धक रंजित रायले आर्थिक अवस्था बारे जानकारी गराएका थिए । उक्त अवसरमा नेपाल पत्रकार महासघका नव निर्वाचित केन्द्रिय सदस्य सिकिन्द्र पासवान,राजु बिश्वकर्मा,नेपाल पत्रकार महासघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव,मधेस प्रदेशका कार्यसमिति सदस्य सँजीव मिश्र,नेपाल पत्रकार महासघ वारा निर्बाचित उपाध्यक्ष पनालाल दास,कार्यसमिति सदस्य जिउत प्रसाद यादव,धिरेन्द्र तिवारी,प्रभु यादव लगायतकाले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा सञ्चालन पत्रकार जयनारायण यादवको रहेको थियो ।


