मधेसमा चिसो बढ्यो,सावधानी अपनाउन चिकित्सकको सुझाव

राम मण्डल
308 पाठक संख्या

बितेको केही दिनदेखि चिसो बढेको छ । चिसो बढेसंगै पर्सा बारा लगायत तराई मधेसको जनजीवन प्रभावित भएको छ ।

पर्सा बारासँगै मधेसका जिल्लाहरुमा अहिले केहीदिनदेखि चिसो बढेको छ ।बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र चिसो हावा चल्नाले मौसममा परिबर्तन आएको छ । शनिबार देखि चिसो बढेर शितलहर चल्न थालेपछि पर्सा बाराका स्थानीयको जनजीवन कष्ठकर बनेको छ ।

चिसो बढेपछि बिशेष गरी महिला बालबालिका,बृद्ध दीर्घरोगीहरुलाई धेरै समस्या भएको छ । यस्तो मौसममा बालबालिका र बृद्ध सँगै हरेक उमेरका मानिसहरुलाई चिसोले सहजैै प्रभावित पार्न सक्छ ।चिसो बढेकाले बिहानको समयमा मानिसहरु घरबाट बाहिर निस्कन कम गरेका छन ।

त्यस्तै बजारमा बिहान मानिसहरुको पनि चहलपहल कम भएको छ ।चिसो बढेपछि दलित गरिबहरुलाई ओछयानको समस्या रहेको छ  ।न्यानो लुगा कम भएका कारणले गरिबहरुलाई चिसोले बढी सताउन थालेको छ ।चिसो बढेका कारणले यस्तो अवस्थामा सबै उमेरका मानिसले सावधानी अपनाउन जरुरी रहेको चिकित्सकहरु बताउँछन ।

चिसो मौसममा बालबालिका नवजात शिशुहरुलाई एकदमै चाँडै प्रभाव पार्ने गर्छ । त्यसैले उनीहरुको विशेष ख्याल गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाई छ ।बालबालिका तथा बच्चाहरुलाई चिसोमा टाउकोदेखि खुट्टासम्म छोपेर राख्न जरुरी छ ।

यस्तो मौसममा रुघाखोकी,ज्वरो दमका बिरामीहरु दीर्घरोगी मुटुमा समस्या भएका रोगीहरुलाई बढी असर गर्ने छ । यसैले उनीहरुले सावधानी अपनाउनुपर्ने नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिंहले जानकारी दिए ।

उनले चिसोको मौसममा बाहिर निस्कदा सबैले न्यानो लुगा प्रशस्त लगाउन्पर्ने उनले सुझाव दिए । यस्तै हिटर र गिजरको प्रयोग गर्दा रुममा केही भाग खाली राखी हावा आउन जानु अवस्थामा राख्नुपर्ने बताए ।

चिसोको मौसममा पहिलेदेखि नै मानिसहरुले न्यानोको लागि घुर ताप्ने गरेकाले घुर ताप्दा लुगामा आगो लाग्न सक्ने सम्भावना भएकाले सावधानी अपनाउन सिंहले आग्रह गरेका छन् ।

Leave a review

This will close in 0 seconds