रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या

साझेदारी दैनिक
साझेदारी दैनिक 518 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

ओम प्रकाश यादव/

रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ ।

अहिले भर्खर रातिको सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ ।

हतियार सहित आएका अज्ञात व्यक्तिको समुहले खाना खाइरहेका पुजारी साहलाई गोली हानी फरार भएका छन् ।

अज्ञात समूहको गोली प्रहारबाट पुजारी साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनस्थलमा अहिले इलाका प्रहरी कार्यालय गरुडाका टोली पुगेर अनुसन्धान गरिरहेका छन् ।

गोली कस्ले र किन चलाएको भने कुरा खुल्न सकेको छैन ।

यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review