भन्सार छलेर ल्याईएको चकलेटहरु बरामद

राम मण्डल
227 पाठक संख्या

पर्सा प्रहरीले भन्सार छली गरेर ल्याइएका बिभिन्न किसिमका चकलेटहरु बरामद गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–७ रेल्वे सडकखण्डबाट भन्सार छलीका चकलेटहरु बरामद गरेको हो ।

त्यहाँ रहेको रामबाबु प्रसाद कलवारको तिन तल्ले पक्की घरमा कोठा भाडामा लिई भन्सार छलीका चक्लेटहरु राखेको अवस्थामा बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अनाधिकृतरूपमा भण्डारण गरि राखिएको डयाडी बम चकलेट– २१० डिब्बा,विलानो चकलेट– १८७ डिब्बा,सफटी टाईम चकलेट–३७ डिब्बा,कुकिज चकलेट–४८ डिब्बा,स्पेन बम चकलेट–१६ डिब्बा र चोका फ्रि चकलेट–१५६ डिब्बा बर।मद गरेको हो ।

जम्मा रु ९० हजार ४९० बराबरको चक्लेटहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds