कलैया : बारा जिल्लाको सदरमुकाम कलैयाको सिद्धेशवर खेलमैदानमा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगितामा बुधबार निजगढ भेट्रान क्लब लाई दुइको विरुद्ध आरम्भ भेट्रान बिरगंज तीन गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।
कलैया फुटबल क्लबका अध्यक्ष अजय कुमार साहले दोस्रो खेलको अध्यक्षतामा पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष तथा युनिटी युथ क्लबका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी हेमन्त चौरसिया संगै कलैया जेसिस संस्थापक,सखी महिलाको साथीका संस्थापक अनिल कुशवाहा,कलैया फुटबल क्लबका पुर्ब खेलाडी राजदेव चौधरीले फुटबल रेफ्री लाई बल हस्तान्तरण गर्दै खेल आरम्भ गरेका थिए।
बिहीबारको खेल कलैया फुटबल क्लब निलो र कर्जन्हा भेट्रान सिरहा बिच साझ ४ बजे हुने भने क्ल्बका सदस्य संदिप गुप्ताले जानकारी गराए।









