जानकारीको अभावमा महिलाहरुमा पाठेघर सम्बन्धी समस्या बढदै वडाध्यक्ष कुमारको कथन

साझेदारी दैनिक
173 पाठक संख्या

कलैया । बाराको देवताल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संजय कुमारले जानकारीको अभावमा महिलाहरुमा पाठेघर सम्बन्धी समस्या बढदै गएकोे बताएका छन्।

महिलाहरुको लागि पाठेघर सम्बन्धी जनचेतनामूलक तालिमको समापन कार्यक्रमलाई प्रमुख आतिथ्यको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जयगढीमाई तालिम तथा परामर्श केन्द्र प्रालि बाराको आयोजना तथा देवताल गाउँपालिका वडा नं. ६ वडा कार्यालय रौवाही बाराको सहयोगमा महिलाहरुको लागि ६ दिने पाठेघर सम्बन्धी जनचेतनामूकल कार्यक्रम भएको हो।

वडा अध्यक्ष कुमारले पाठेघर सम्बन्धी रोगको बारेमा जानकारी नभएकै कारण महिलाहरुमा यो रोग बढदै गएको बताए। प्रजनन् प्रणालीमा भाग लिने प्रमुख अङ्ग पाठेघर रहेको उनले बताए। यसले सन्तान जन्माउनलाई ठूलो भूमिका खेल्ने उनले जनाए।

यो एउटा खोक्रो मांसपेशी अङ्ग रहेको र यसलाई बच्चादानी भनिन्छ। यसको नाप ७ सेमी लामो, ५ सेमी चौडा र २.५ सेमी मोटो हुन्छ। सरसफाइ अभाव, मल्टीपल सेक्स पार्टनर, कम उमेरमा बच्चा जन्माउँदा समेत यस्मा समस्या आउने गर्छ।

बच्चा बढी जन्माउँदा, अत्यधिक चुरोटको सेवन, अवाञ्छित गर्भपतन, वंशाणुगत समस्या साथै महिनावारीमा हुने गडबडीको कारण, हर्माेनको कमीका कारणले समेत पाठेघरमा रोग आउन सक्ने उनले बताए। चाडबाडका बेला महिलाले महिनावारी सार्ने खालका औषधी प्रयोग गर्छन्। यस्को कारण पनि पाठेघरसम्बन्धी थुप्रै समस्या देखिने गरेको उनले जनाए।

किनकि यस्ता प्रकारका औषधीको सेवन गर्दा पाठेघरले विभिन्न हर्मोन उत्पादन गर्छ जसले असर पुर्‍याउँने उनले जनाए। पिल्स चक्की बढी प्रयोगले पनि पाठेघरमा समस्या देखिन्छ। खासगरी यसले मासिक श्रावमा समस्या निम्त्याउँछ त्यसैले सकेसम्म यस्ता किसिमका व्यवहार नगर्न उनले आग्रह गरे।

खानपानमा विशेष ध्यान दिने, नियमित व्यायाम गर्ने, र तौललाई सन्तुलन राख्ने पनि गर्नुपर्दछ। महिलाहरुको लागि ६ दिने पाठेघर सम्बन्धी जनचेतनामूकल कार्यक्रम देवताल गाउँपालिका वडा नम्बर ६ रौवाहीमा भएको हो।

कार्तिक २५ गते देखि ३० गतेसम्म सो कार्यक्रमको आयोजना गरिएको जयगढीमाई तालिम तथा परामर्श केन्द्र प्रालि बाराका कार्यकारी निर्देशक कुमारप्रसाद साहले जानकारी दिए। महिलाहरुमा पाठेघर सम्बन्धी जनचेतनामूलक तालिम ६ दिन ६ चरणमा चलेको थियो।

त्यसमा तीन सय भन्दा बढी सहभागीहरुले भाग लिएको साहले जानकारी दिए। तालिममा प्रशिक्षण जगरनाथ प्रसाद जयसवाल र रेणु रायले दिए।

कार्यक्रममा देवताल गाउँपालिकाका वडा नम्बर ६ का वडा सदस्य रामबाबु महतो, सामाजिक विकास शाखा प्रमुख ललन पटेल, जिन्सी शाखा प्रमुख प्रविण यादव, समाजसेवी नवलकिशोर यादव लगायत बुद्धिजिवि, समाजसेवी, स्थानीयहरुको उपस्थिति रहेको थियो।

Leave a review