अघोषित लोड सेडिङ्गको बिरोधमा नेपाल बिधुत प्राधिकरण कलैया अगाडी प्रदर्शन

राजेश कुशवाहा
549 पाठक संख्या

कलैया : नेपाल विधुत प्राधिकरण कलैयाको अघोषित लोड सेडिङ्गको बिरोधमा बुधबार राति प्रदर्शन भएको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष मिश्री भन्ने जटाशंकर सहनीको अगुवाईमा रहेको स्थानीयबासीले प्राधिकरणको मूल गेटमा राति प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले बिद्युत प्राधिकरण कलैया बितरण केन्द्र मुर्दाबाद,छिन छिनमा लाईन काटन पाईदैन लगायतका चर्काे नाराबाजी गर्दे प्रदर्शन गरेका हुन्।

प्राधिकरणले एक मिनटमा पांच पटक भन्दा बढी लाईन काटेर अनावश्यक दुख दिन थालेको सहनीले बताए।यस्तो चर्काे गर्मीमा विधुत प्राधिकरणको चरम लापरवाहीका कारण कलैया उपमहानगरबासीको जनजीवन कष्टकर बनेको छ।

घरी घरी लाईन काटने गरेका कारण रातभरी सुत्न नसकेको कलैया उपमहानगरपालिका वडा नम्बर १७ का संजय महतोले बताए ।

गर्मीयाममा भोल्टेज नभएका कारण कुटानी पिसानी,कृषिमा सिचाई,मोबाईल चार्ज समेत गर्न नसकिएको महतो बताउछन। बिगत दुई तीन महिना देखि घरी घरी लाईन आउने जाने गरेको छ।

Leave a review

This will close in 0 seconds