वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

वीरगञ्जको सर्बोतम स्टिलमा करेन्ट लागेर १६ बर्षिय भारतीय मजदुरको मृत्यु

पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा रहेको सर्बोतम स्टिल प्रालिमा कार्यरत एक भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

वीरगञ्ज–२२ जगरनाथपुर स्थित रहेको सर्वोत्तम स्टिल प्रालिमा काम गर्ने भारतीय कामदार १६ बर्षिय सचिन कुमारको मृयु भएको प्रहरीले जनाएको छ ।

गेलेन्डर मेशिन चलाउने क्रममा अचानक विद्युत् सर्ट भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका सचिनको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

मृतकको शबलाई पोष्टमार्टमको लागि अस्पतालमै राखिएको खनालले बताए ।

सर्बोतम स्टिल प्रालिमै गत भदौ १० गते फलाम गलाउने सिसिएम भट्टी विस्फोट हुँदा जलेर १५ जना घाईते भएका थिए ।सो मध्ये पाँच जना भारतीय मजदुरहरुको पटनामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!