रास्वपा जीतपुरसिमरा नगर कमिटीको सिमरामा तीज बिशेष कार्यक्रम सम्पन्न

रञ्जन यादव
347 पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पाटिको जीतपुरसिमरा नगर कमिटीले बाराको सिमरामा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

तीज बिशेष कार्यक्रमको अवसरमा उपमहानगरपालिका भित्र बिभिन्न क्षेत्रमा योग्दान पुरयाएका र असल कामले चिनिएका ब्यक्तित्वहरु लाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले चाड पर्बको नाममा हुने कुप्रथा तथा बिकृतीहरुलाई हटाउँदैँ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

आजको युग बैज्ञानिक युग भएका कारण बिज्ञानसंबत कुरालाई आत्मसात गर्नुपर्ने सल्लाह दिए । तिज बिशेष कार्यक्रममा तिजको गितमा नृत्य प्रस्तृत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पाटिबाट निर्वाचित प्रतिनिधि सभा सदस्य निशा डाँगी र बिन्दबासिनी कांसकारको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a review

This will close in 0 seconds