दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधीमाथि कलैया भेट्रान रातोको क्बजा

राजेश कुशवाहा
548 पाठक संख्या

कलैया : कलैया फुटबल क्लबको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा सिद्धेशवर खेल परिषरमा सञ्चालित दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी माथि कलैया भेट्रान रातोले क्बजा जमाएको छ ।

उपाधीका लागि मंगलबार भएको खेलमा कलैयाले एफ.सि. कमलडांडा भेट्रान हेटौडालाई शुन्यको बिरुद्ध दुई गोलले पराजित गरेको हो ।

कलैयाका लागि कृष्ण शाक्य र शम्भु चौधरीले एक/एक गोल गरेका थिए । प्रतियोगिता बिजेता तथा उप बिजेतालाई कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले पुरस्कार बितरण गरेका थिए।

सो प्रतियोगितामा मैन अफ द मैच कृष्ण शाक्य,बेस्ट गोल किपर संजय शाही,बेस्ट डिफेन्स ऐनल आचार्य,बेस्ट मिड फिल्डर कन्या सुभा,बेस्ट स्टाइकर र हाइ स्कोरर राज कुमार घिसिङ्ग,बेस्ट कोच रमेश साह र मेन अफ दि सिरिज कृष्ण शाक्यलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

सो प्रतियोगितामा प्रथम बिजेतालाई ५१ हजार,दोस्रोलाई २५ हजार ५०१ प्रदान गरिएको रमेश साहले बताए ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको बिशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कलैया फुटबल क्लबका अध्यक्ष अजय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रमोद गिरी एवम् स्वागत रमेश साहको रहेको थियो । उक्त अवसरमा संबिधान सभासदस्य रामचन्द्र प्यासी,नेकपा माओबादी केन्द्रका युवा नेता मुकेश साह,डा. शुशिल साह,डा. कमरुल्लाह अंसारी,कलैया उपमहानगरपालिकाको बाताबरण शाखाका प्रमुख अनिल पाण्डेय,नगर खेलकुद बिकास समितिका एम समिउल्लाह,सिद्धेशवर बिधालयका मनिन्द्रनाथ शर्मा लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds