राम मण्डल/
कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका थप तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा बीरगंज भिस्वा बस्ने वर्ष ५७ को पुरुष र बिर्ताका थप एक ८४ बर्षका पुरुष गरि दुई जना र रेशमकोठी निवासी ४० बर्षकी महिला गरि तीनजना रहेका छन ।
महिलाको बुधबार अपरान्ह सवा चारबजे उपचारको क्रममा मृत्यु भएको थियो । चिनी र निमोनियाले ग्रसित ती महिलामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा बुधबार सवा चारबजे अस्थायी कोभिड हेल्थ केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
भिस्वाका पुरुषको मङलबार अपरान्ह साढे ३ बजे उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यू भएको थियोे । उनमा मृत्यु पछि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैगरी ८४ बर्षका बिर्ताका पुरुषको उपचारको क्रममा अस्थायी कोभिड बिशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । उनको साउन २७ गतेदेखि नै उपचार गराउदै आएकोमा उपचारको क्रममा मंगलबार राती साढे १० बजे मृत्यू भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवले जानकारी दिएका छन । यो सँगै कोरोना सँक्रमणका कारण पर्सा जिल्लामा मात्रै २४ जनाको मृत्यु भएईसकेको छ ।