जिल्ला सुरक्षा समिति बाराद्वारा निर्माणाधीन पुलको स्थलगत निरीक्षण

साझेदारी दैनिक
1.3k पाठक संख्या

कलैया : जिल्ला सुरक्षा समितिको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलको स्थलगत निरीक्षण गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहितको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको छ।

अधिकारीको साथमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोककुमार क्षेत्री,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सहितको टोलीले निरीक्षण गरेको हो।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुधौरा खोलाको निर्माणाधिन पूलको डाइभर्सनमा नदीको बहाव,बेलिब्रिजको अवस्था र निर्माणाधिन पूलको निर्माण अवस्थाको बारेमा स्थलगत रूपमा हेर्न जिल्ला सुरक्षा समितिको टीमद्वारा स्थलगत निरीक्षण गरिएको हो।

कुनै पनि बेला नदीको वहाव बढेर हुन सक्ने विपद्जन्य परिस्थितिलाई तत्काल व्यवस्थापन गर्न मातहत सुरक्षा निकाय एवं निर्माण व्यवसायीका प्रतिनिधि संग सो टोलीले छलफल गरेको छ।

पूलको दुवै छेउमा सुरक्षाकर्मी राख्ने,एक पटकमा एउटामात्र गाडी बेलीब्रिज वाट चलाउने,एउटा स्काभेटर स्टाण्डवाई राख्ने विषयमा सम्बन्धितलाई सो टोलीले निर्देशन दिएको छ।

Leave a review