Sajhedari Daily
Latest News from Nepal

सामुहिक जबरजस्ती करणी मुद्दाका फरार गुप्ता पक्राउ

Top Aside Banner

बारा प्रहरीले सामुहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले बारा साविक कलैया न.पा.वडा नं.४ हाल परिवर्तित कलैया उप महानगरपालिका वडा नं.१ बस्ने रामजी साहको छोरा वर्ष २८ को विकास कुमार साह गुप्तालाई पक्राउ गरेको छ ।

गत २०७१ मंसीरमा लागेको पंचवर्षिय गढिमाई मेला हेर्न आएकी बर्ष १६ की पीडित कलैया ३३ क ३८ लाई गुप्ता समेतले ललाई फकाई साविक गा.वि.स.बरीयारपुर वडा नं.२ स्थित रहेको गम्हिरा साहको फुसको छाप्रोमा लगि७ जना मिली सामुहिक करणी (बलतकार) गरेका थिए ।

प्रहरीले जबरजस्ती करणी मुद्दामा घटनामा संलग्न गुप्ता समेत सातै जना प्रतिवादीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई अनुसन्धानको सम्पुर्ण कार्य पुरा गरी बारा जिल्ला दालतमा पेश गरेकोमा जिल्ला अदालको २०७१ पुस १८ गतेको आदेशले निजहरूलाई पुर्पक्षको लागि बीरगंज कारागार पठाईको थियो । फेरी बारा जिल्ला अदालतको २०७२ बैशाख ३१ गतेको फैसलाले निज प्रतिवादीहरूले सफाई पाएका थिए ।

तर पुनरावेदन अदालत हेटौंडाको मिति २०७३ जेठ १० गतेको फैसला आदेशले निज सातै जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाए पश्चात सोही बेलादेखी भागी फरार भएका थिए ।

पुनरावेदन अदालले अभियुक्तहरु मध्ये निज साहलाई ९ वर्ष ६ महिना १५ दिन कैद ठहर गरेको थियो । साह गुप्तालाई फैसला कार्यान्वयनको सिलसिलामा गत जेठ २१ गते जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको थियो ।

पक्राउ परेका साहको पिसिआर रिपोर्ट सहित सोमवार बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पठाईएको बारा प्रहरीले जानकारी गराएको छ ।