प्रेस सेन्टर नेपाल बाराले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा दाबी गर्ने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा प्रेस सेन्टर नेपाल बाराको अध्यक्ष रञ्जन यादबको अध्यक्षता र प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश ईञ्चार्ज गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्बसम्मत रुपले यस्तो निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियनलाई बारम्बार अध्यक्ष पदमा सघाउँदै आएको प्रेस सेन्टर नेपालले यसपालिको निर्वाचनमा दुबै सङ्गठनले सघाउँनुपर्ने तर्क गरेको छ ।
प्रेस सेन्टर नेपाल बाराको अर्को बैठकले महासंघमा अध्यक्ष लगायत बिभिन्न पदमा दाबी गर्ने उम्मेदवारहरुको टुङ्गो लगाउँने जनाएको छ ।
महासंघको निर्वाचनमा आफनो स्थिती बलियो देखाउँन बिभिन्न समिति तथा उपसमितीहरु गठन गरेको अध्यक्ष यादबले जानकारी दिए । साथै प्रेस सेन्टर नेपालले शहिद कृष्णसेन ईच्छुकको स्मृती दिवस जेठ १३ गते मनाउँने निर्णय गरेको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष गोबिन्द देवकोटाले सङ्गठनको केन्द्रिय गतिबिधिको बिषयमा जानकारी गराउँदै सङ्गठनलाई मजदबुत पार्ने आवश्यक निर्देशन तथा सल्लाह दिनुभएको थियो ।

