मेहनतकै कारण सफल कलाकार बनेकी हुँ – रचना सिवाकोटी

साझेदारी दैनिक
1.7k पाठक संख्या

रौतहट । मेहनत,लगनशीलता र धैयतासाथ निरन्तर कार्य गर्दै जाँदा नाम,दाम र इज्जत कमाउन सकिन्छ भन्ने उदाहरण बनेकी छिन रचना सिवाकोटी । झापा जिल्लामा जन्मिएका कलाकार सिवाकोटीकी बशाई काठमाडौंमा छिन ।

कलाकारिता क्षेत्रमा लागेर केही गरौं भन्ने बच्चैदेखिको आफ्नो सोख रहेको र सोही अनुसार आफूले कर्म गरेकै कारण आफू अहिले आएर सफल कलाकारको रुपमा चिन्न पाउँदा आफूलाई गर्व लाग्छ सिवाकोटी बताउँछिन ।

झण्डै १० वर्ष यसै क्षेत्रमा लागेका कारण काम गर्ने शिलशिलामा धेरै नै अनुभव बटुल्नुका साथै नेपालका नाम चलेका सुपर स्टार राजेश हमाल,निखिल उप्रेती,केकी अधिकारी,लगायतका 

चलेका प्रायः सबै कलाकारहरुसँग आफूले पनि काम गर्ने मौका पाएको र त्यस्तै भारतीय कलकार हिन्दीका सुपर स्टार गोविन्द, भोजपुरीका दिनेशलाल यादव,निरहुवा,खेसारीलाल यादव,पवन सिंह, रितेश पाण्डे,चिन्टु पाण्डे,टुन टुन यादव,लगायतका सुपर स्टार संग स्टेज गरिसकेकी छिन।

सोही अनुसार आर्थिक उन्नतिसमेत गर्न सफल बनेको कलाकार रचना सिवाकोटी बताऊ छिन। कलाकारिता क्षेत्रमा लागेकी सिवाकोटीले  दर्जन नेपाली,भोजपुरी  म्यूजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् । 

पछिल्लो समय आफूलाई स्टेज सो चलचित्र र म्यूजिक भिडियोमा कामहरु धेरै नैं अफर नै आइरहेको कारण आफूलाई अहिले भ्याई नभ्याई रहेको सिवाकोटीले बताएकी छिन् ।

सुरुमा आफू कलाकारिता क्षेत्रमा आउँदा अभिनय गर्नुपर्दा निकै कठिनाई महसुस भए पनि पछि आफ्नो मेहनत र लगनशीलताका कारण खासै समस्या नभएको आफ्नो अनुभव सुनाउँ छिन सिवाकोटी । 

वास्तवमा तालिम लिएर कलाकारिता क्षेत्रमा प्रवेश गर्दा केही सजिलो हुन्छ भने तालिम नै नलिई कलाकारिता क्षेत्रमा प्रवेश गर्दा निकै कठिन हुने रहेछ ।

त्यसैले कलाकारिता क्षेत्रमा प्रवेश गर्दा कलाकारलाई चाहिने सबै प्रकारका तालिम प्रशिक्षण लिएर मात्र प्रवेश गर्दा अभिनय गर्न सहज हुने नयाँ पीढिका कलाकारहरुलाई सिवाकोटीले आग्रह गर्छिन् ।

आफ्नो जुन क्षेत्रमा चाहना छ त्यस क्षेत्रमा निरन्तररुपमा लाग्ने हो भने एक न एक दिन अवश्य पनि सफलता हात लाग्छ भन्ने उदाहरणको रुपमा रचना शिवाकोटीलाई लिन सकिन्छ ।

उनी बताउँ छिन निश्वार्थ भावले आफ्नो कर्म गर्ने हो भने जुनसुकै क्षेत्रमा लागे पनि त्यो मान्छेले एक न एक दिन सफलता मिल्ने उनी बताउँछिन ।

सिवाकोटीले पनि कुनै तालिम,प्रशिक्षण नै नलिई सिधै कलाकारिता क्षेत्रमा लागेर अभिनय यात्रा सुरु गर्दा सुरुमा केही कठिनाई भए पनि पछि आएर सहज भएको र अहिले आएर एउटा सफल कलाकार बन्न सफल बनेको उनी जानकारहरुले बताउछन ।

Leave a review