श्रीमानद्वारा धारिलो हतियार प्रहार,श्रीमतीको घटनास्थलमै मृत्यु

साझेदारी दैनिक
1k पाठक संख्या

कलैया : घरायसी विवादको कारण बुधबार बाराको कलैया १० मटिअर्वामा एक श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन्।

कलैया १० मटिअर्वाका ३५ वर्षीय बच्चा मियाँले घरायसी समस्याको कारण आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको हत्या गरेका हुन्।

मासु काट्ने धारिलो हतियार (दाउ)ले टाउको र घाटीमा प्रहार गरेकोमा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी विजयराज पण्डीतले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी चौकी मटिअर्वाबाट प्रहरी हवल्दारको कमाण्डमा खटेको टोलीले बच्चा मियाँलाई प्रहार गर्ने दाउ सहित नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी मटिअर्वा बारामा उनलाई राखिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक सुरेश राज भट्टको कमाण्डमा मुचुल्का सहितको टोली खटि गई थप अनुसन्धान भइ रहेको प्रनाउ पण्डितले बताए।

Leave a review

This will close in 0 seconds