बाराको सुवर्ण गाउँपालिकामा प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गाउँपालिका कार्यालय तोडफोड

साझेदारी दैनिक
साझेदारी दैनिक 2.4k पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सन्दिप यादव /

बाराको सुवर्ण गाउँपालिका हर्दिया माध्यमिक विधालयका प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गाउँपालिका को कार्यालयमा तोडफोड गरेका छन्।

हर्दिया माध्यमिक विधालयका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर बहुअर्वाका प्रधानाध्यापक चन्देश्वर प्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थीहरु असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्

सुवर्ण गाउपालिकाका शिक्षा शाखाका अधिकृत बिध्यानन्द प्रसाद यादवले पालिकामा जम्मा २३ वटा बिधालय रहेकामा जम्मा ३ वटा माबी रहेको बताउदै शिक्षा समितिले गरेको निर्णय अनुसार नै २ जना प्रधानाध्यापक र ७ जना सहायक शिक्षकको सरुवा गरिएको बताएका छन् ।

गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोड सँगै कागजपत्रमा बाहिर ल्याएर आगो लगाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेका थिए ।

विद्यार्थीसहित आक्रोशित समूहले तोडफोड, आगजनीसँगै १० वटा मोटरसाइकल तोडफोड गरेका छन् । सोमबार गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसिरहेका बेला बाहिर विद्यार्थी र प्रदर्शनकारीले नाराबाजी र तोडफोड गरेका छन् ।

सुवण गाउपालिका वडा न. २ का वडा अध्यक्ष रन्जित यादव घाइते भएका छन् ।

अध्यक्ष यादवले गाउपालिकाको शिक्षा समितिको जेष्ठ ३ गतेको निर्णय अनुसार सबै बिधालयमा शिक्षाको स्तर राम्रो बनाउन यस अघि कार्यरत रहेका शिक्षकहरुलाई पालिकाको अन्य बिधालयमा सरुवा गरिएकोमा यसको चौतर्फि स्वागत भएता पनि एउटा मात्र बिधालयका बिद्यार्थीहरुलाई उचालेर यो किसिमको लज्जास्पद ब्यवहार गराउने जो सुकैलाई कार्वाही गराउन पालिकाले सिफारिस गर्ने बताएका छन ।

प्रमुख प्रशासकीय पालका अनुसार प्रधानाध्यापकहरुको सरुवा सहमतिमै भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेले गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको बताएका छन् । उनले प्रदर्शनकारीले प्रहरी माथि ढुंगामुढा गरे पछि स्थिति नियन्त्रणमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल पनि गाउँपालिका कार्यालय क्षेत्रमा परिचालित भएको थियो ।

पाण्डेले प्रदर्शनकारीले चलाएको ढुङ्गा लागि ५ जना प्रहरी घाईते भएको जसमा एक जना प्रहरी जवान सुरेन्द्र हतवेलाई उपचारका लागी प्रादेशिक अस्पताल कलैया पठाईएको जनाएका छन । भागदौड हुदा कम्तिमा १३ जना बिद्यार्थी समेत सामन्य घाईते भएको स्थानियले बताएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review