जीतपुरमा जेठ १ गतेदेखि व्यापारिक तथा सांस्कृतिक महोत्सव सुरु हुने

रञ्जन यादव
393 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित शान्ति टोलस्थित खेल मैदानमा जेठ १ गतेदेखि व्यापारिक तथा सांस्कृतिक महोत्सव २०८२ सुरु हुने भएको छ।

सोमबर पत्रकार सम्मेलनमार्फत महोत्सव सम्बन्धी जानकारी दिदै वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले दिएका हुन्। द लिड इन्टरटेन्मेन्टको आयोजनामा महोत्सव बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गर्ने अनुमति लिइए पनि औपचारिक सुरुवात भने जेठ १ गतेदेखि हुने अध्यक्ष गुप्ताले बताए।

वडा कार्यालयले महोत्सवमा सहकार्यकारी भूमिका रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो। वडा अध्यक्ष गुप्ताले जीतपुरसिमरा उपमहानगरपालिकाको केन्द्र भएर पनि महोत्सवहरू अन्यत्र लाग्ने गरेकोमा चिन्ता व्यक्त गरे।

उनले जीतपुर व्यवसायका लागि सुरक्षित क्षेत्र भएको र यहाँ महोत्सव आयोजना गरेर सकारात्मक सन्देश दिन आफू अग्रसर भएको बताए।

महोत्सवमा भारतीय भोजपुरी सुपरस्टार खेसारीलाल यादवसहित नेपाल तथा भारतका राष्ट्रियस्तरीय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक संस्था द लिड इन्टरटेन्मेन्टका सञ्चालक बिमल खड्गीले जानकारी दिए ।

मनोरञ्जनका लागि बाल उद्यान,रोटेपिङ,पिङ,सर्कस,बिभिन्न सामग्रीको स्टलजस्ता आकर्षक सामग्रीहरू पनि महोत्सवमा उपलब्ध हुनेछन्।

हावाहुरी र वर्षाको सम्भावित मौसमका कारण लामो अवधिको अनुमति लिएको भए पनि आवश्यकतानुसार महोत्सवको अवधि छोट्याउन सकिने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds