तिलगंगा आँखा अस्पतालको निजगढमा आफ्नै सुबिधा सम्पन्न भवन

रञ्जन यादव
404 पाठक संख्या

बाराको निजगढमा तिलगंगा सामुदायिक आँखा अस्पतालको आफ्नैं सुविधा सम्पन्न भवन बनेको छ ।

कार्तिक २२ गते देखि अस्पतालले आफनै भवनबाट सेवा सुचारु गर्ने अस्पताल व्यवस्थापनले जनाएको छ ।

स्थानीय स्तरमा आँखाको उपचारमा सर्वसाधारणको सहज पहुँच विस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पताल मार्फत् तिलगंगा अस्पतालले आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।

अस्पताल व्यवस्थापनका अनुसार निजगढमा निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि बिरामीले बहिरंग सेवा,विशेषज्ञ सेवा,बिस्तारित सेवा र नियमित शल्यकृया सेवा पाउनेछन् ।

तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढमा प्राथमिक स्तरको आँखा उपचार सेवा प्रदान गरिरहेको छ। साथै समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिवीर मार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ।

आँखाको उपचारका लागि तिलगंगा सामुदायिक आँखा अस्पताल बिश्वमै प्रख्यात छ ।

Leave a review

This will close in 0 seconds