Sajhedari Daily
Latest News from Nepal

नेकाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मन्सुरलाई कोरोना संक्रमण,थप उपचारका लािग वीरगञ्ज काठमाण्डौ स्थित मेडिसिटी अस्पताल भर्ना

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री फरमुल्लाह मंसुरलाई कोरोना पुष्टि भएको भएको छ । पूर्वमन्त्री एवम् काँग्रेस मन्सुरलाई ज्वरो, खोकी लागेपछि उपचारका लागि सोमवार वीरगंज स्थित एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरि नारायणी उपक्षेत्रिय अस्पतालमा कोरोना टेष्ट गरिएकामा पोजेटिभ आएको हो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि बुधवार मन्सुरलाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको नेपाली काँँग्रेस बाराले जनाएको छ । नेता मन्सुरलाई नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको समन्वयमा काँगे्रसका केन्द्री सभापति शेरबहादुर देउवा र कोरोना बिभागका केन्द्रीय संयोजक पार्टीका केन्द्रिय सहमहामन्त्रि डा. प्रकाश शरण महतको सहयोगमा हेलिकप्टरबाट काठमाडौ स्थित मेडिसिटी अस्पतालमा उपचारका लागि पठाइएको नेपाली काँग्रेस बाराको कोषाअध्यक्ष एवम् कोरोनाका जिल्ला संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।

यसैवीच काँग्रेसका केन्द्रीय मुस्लीम विभागका संयोजक समेत रहेका मन्सुरलार्य पूर्वमन्त्री कलावती पासवान, संविधानसभा सदस्य डा. शोभाकर पराजुली, पुर्व संसाद लालबाबु सिंह, नेपाली काँग्रेसका बारा सभापति जयचन्द्र चौरसिया, सचिव मनोज भट्ट, महासमिति सदस्य उपेन्द्र जसवाल, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवम सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजय शंकर यादव, तरुणदलका अध्यक्ष लुकेश सिंहले स्वास्थ्यलाभको कामना गर्दै उच्च मनोबलका साथ बस्न सुझाव समेत दिएका कोषाध्यक्ष यादवले बताए ।

Comments are closed.

error: Content is protected !!