सशस्त्र प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले एक सय ६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरीले पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले धादिङ्ग जिल्लाको बेनिघाट गाउँपालिका ४ बस्ने २० वर्षिय समिर तामाङ र मकवानपुर जिल्लाको राङसिराङ गाउँपालिका ४ बस्ने अन्दाजी २२ वर्षिय राजु लामालाई पक्राउ गरेको हो ।
वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीबाट सो गाँजा बरामद गरेको हो । यसमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।उनीहरुको साथबाट ७८ हजार पाँच सय नेपाली रुपैयाँ बरामद भएको छ । दुई थान मोवाईल सेट समेत उनीहरुबाट बरामद भएको छ ।
नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा,रुपैयाँ,मोवाईलसेट र गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

