Sajhedari Daily
Latest News from Nepal

तामागढी बहुउदेश्य सहकारीको प्रारम्भिक साधारणसभा कोल्हवीमा सम्पन्न

कोल्हवी, १२ पुस
बाराको कोल्हवीमा हालै स्थापना भएको तामागढी बहुउदेश्य सहकारी संस्थाले प्रारम्भिक साधारणसभा आईतवार सम्पन्न गरेको छ ।
कोल्हवी बजारमा रहेको तामागढी ईभेन्ट भियुको सभाहलमा आयोजित साधारण सभाले एकराज आचार्य अध्यक्ष रहने गरि ११ सदस्यीय संचालक समिति, विनोद खनाल संयोजक रहने गरि तीन सदस्यीय लेखा सुपरिवेक्षक समिति, चिन्तामणी चौधरी संयोजक रहने गरि चार सदस्यीय ऋण उपसमिति, युवराज मैनालीको संयोजकमा पाँच सदस्यीय शिक्षा उपसमिति र ज्ञानु केसीको संयोजकमा चार सदस्यी महिला उपसमिति गठन गरेको छ।
सहकारी संस्थाका तदर्थ समितिका अध्यक्ष युवराज क्षेत्रीको अध्यक्षता तथा उच्च अदालत पोखराका न्यायधिश डालकुमार खड्काको विशेष उपस्थितिमा उक्त साधारणसभाको उद्घाटन सम्पन्न भएको हो । साधारणसभामा कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, उपमेयर सुनैनादेवी चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रममा स्वागत मिना केसीले र धन्यवाद ज्ञापन अर्जुनप्रसाद पराजुलीले गरेका थिए भने कार्यक्रमको संचालन राजकुमार शिवाकोटीले गरेका थिए ।
उक्त वहुउदेश्य सहकारी गत असार २१ गते स्थानीय सरकारमा दर्ता भई २३३ जना शेयर सदस्यहरुको करिब ८५ लाख ८७ हजार नौ सय शेयरपुँजीबाट कारोवार शुरु गरेको संचालक सदस्य अर्जुन प्रसाद पराजुलीले बताएका छन ।