ईष्टदेवको पूजा भब्यताका साथ गरियो

राजेश कुशवाहा
164 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ ठुलो ब्रहम्पुरीमा ईष्टदेवको पूजा शुक्रबार भब्यताका साथ गरिएको छ।

गाउँबासीको सुख शान्ति र समृद्धीका लागि गरिएको उक्त पूजामा सयौंको संख्यामा स्थानीयबासीको सहभागिता रहेको थियो।

ब्रहममाई स्थानमा गरिएको पूजा पश्चात प्रसाद वितरण गरिएको छ। पण्डित नगिना पाण्डेयले बैदिक बिधि अनुसार पूजा गरेका हुन्।

Leave a review