रौतहटमा ठक्कर दिएर फरार पिकअप र चालक बारामा पक्राउ

साझेदारी दैनिक
258 पाठक संख्या

पथलैया : रौतहटबाट ठक्कर दिएर भागेको पिकअप र चालक बाराको पथलैयामा नियन्त्रणमा लिएको छ।

रौतहटमा नेपाल प्रहरीका एकजना पूर्व असईलाई ठक्कर दिएर फारार भएको पिकअप र चालकलाई दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले नियन्त्रणमा लिएको थियो ।

दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र फरार चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने पिकअप चालक चालक मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्र बहादुर दर्जीका छोरा, अन्दाजी २४ वर्षीय रमेश परियार रहेका थियो । पथलैया प्रहरीले चालक सहित गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बिजयपुरमा उठाएको छ ।

आईतवार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशिलकुमार क्षेत्रीको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो भने पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको थियो ।

घाईते दुईलाइ बिरगंज स्थित नेशनल मेडिकल अस्पतालका लगिएकोमा डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिएर चालकले पिकअप तीव्रगतिमा कुदाएर फरार भएका थिए।

Leave a review

This will close in 0 seconds