वाणिज्य,आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जले मंगलबार वजार अनुगमन गरेको छ ।
कार्यालयले अनुगमनको क्रममा अखाध बस्तुहरु फेला पारि नष्ट गरेको छ । अनुगमन टोलीले अखाध बस्तु बेचबिखन गर्नेलाई जरिवाना समेत गरेको छ ।
वीरगञ्ज स्थित शयाम भण्डारलाई,चाबोसती मार्केटिङलाई जनही पाँच पाँच हजार जरिवाना गरिएको बाणिज्य तथा उपभोक्ता हित सँरक्षण कार्यालय वीरगञ्जका सुचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए । ती दुबै पसलबाट अखाध बस्तुहरु भेटिएको तथा त्यसलाई पनि नष्ट गरिएको उनले बताए ।
त्यस्तै वीरगञ्ज बजारमा म्याद उल्लेख नभएका सौन्दर्य सामाग्री बिक्री बितरण हुदै आएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जले मँगलबार गरेको बजार अनुगमनको क्रममा सौन्दर्य सामाग्रीहरु भेटिएको छ । महानगरको रेशमकोठी टोलमा बिभिन्न ब्राण्डका अनुहारमा लगाउने क्रिमहरु टोलीले बरामद गरेको छ ।
श्रृँगार सामाग्रीहरुको बिक्री बितरण भईरहेको पसलबाट म्याद नै उल्लेख नभएको सौन्दर्यका बिभिन्न क्रिमहरु भेटिएको अनुगमनमा सहभागी भएका उपभोक्ता हित सँरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले जानकारी दिए ।
रेशमकोठी स्थित श्रृँगार महल नामक पसलमा भेटिएको उक्त सौनदर्यका क्रिमहरुमा बटा भने नभएको उनले बताए । क्रिमको पसलेहरुले म्याद गुज्रिएपछि उपभोक्ताले थाहा नपाओस भनेर ती सौन्दर्यका सामानहरुको बटा फालिदिने गरेको भुजेको भनाई छ । बरामद भएको म्याद उल्लेख नभएका सौन्दर्यका सामानहरुलाई टोलीले नष्ट गरेको छ ।

