स्वतन्त्र विद्यार्थी युनियनद्वारा गरियो रक्तदान,एक महिला सहित ६१ जनाले गरे रक्तदान

साझेदारी दैनिक
398 पाठक संख्या

वीरगञ्ज : स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पसले आइतबार क्याम्पस प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान गरेका छन्।

रक्तदान जीवन दान भन्दै प्रीती पटेल,राहुल सिंह राजपुत,जय नेपाल चौरसिया,राजु पटेल,गुडडु पटेल,सकलेन मुस्ताक,आलोक सिंहले रक्तदान गरेका हुन्। यस्तै रिकेश यादव,,राहुल साह,बृजकिशोर गोसाई, सुहेल अन्सारी ,प्रेम सागर,इम्तियाज हुसेन, प्रेम सागर चौधरी,उज्ज्वल उपाध्याय लगायतले रक्तदान गरेका हुन्।

स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पसका सभापति राजकुमार यादवको अध्यक्षता एवं नेपाली काङ्ग्रेसका युवा नेता अरविन्द गुप्ताको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा क्याम्पस प्रमुख रन्जित प्रसाद यादव,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल,प्राध्यापक संघका पुर्व सभापति प्रमोद कुश्वाहा,जसपा पर्सा अध्यक्ष रामनरेश यादव,पुर्व स्ववियु सभापति बैकुण्ठ श्रीवास्तव,वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय,वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह,समाजिक अभियन्ता राजेन्द्र भट्टराई,अस्थायी प्रहरी पोस्ट आदर्शनगरका प्रनानि प्रदिप कुमार गोले लगायतको सो कार्यक्रममा उपस्थिति रहेको हो।

कार्यक्रममा प्राध्यापक,विद्यार्थी लगायत स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो । रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा मनिश गुप्ता लगायतको स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए।

Leave a review