छ लाख ९७ हजार दुई सय अस्सी रुपैयाँ बराबरका मालबस्तुहरू पर्सा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट उक्त परिमाणको सामानहरु बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका–२४ अलौ चोकस्थित सडकखण्डबाट छ लाख बराबरको १९ बोरामा रहेको ५७० केजी मरिच बरामद गरेको हो ।
यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ति चोकबाट कुर्ता सुरवाल ४२ पिस,जुत्ता ५९ जोर,रूमाल १ सय १० पिस र पुजा थान कपडा १ सय ३२ मिटर गरी ९७ हजार २ सय ८० बराबरको बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।
बरामद गरिएको सामानहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको थापाले बताए ।

