कलैयामा संचालनमा आयो रोयल क्याफे

साझेदारी दैनिक
537 पाठक संख्या

कलैया । बाराको सदरमुकाम कलैयाको भरत चोकस्थित गुप्ता भवनमा बुधवारदेखि ‘रोयल क्याफे’ सञ्चालनमा आएको छ।

आयुष गुप्ता र सचिन गिरीको संयुक्त लगानीमा करिब ८ लाख रुपैयाँ लागतमा उक्त क्याफे सञ्चालनमा ल्याइएको हो।

क्याफे उद्घाटनमा बोल्दै नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले अब खाजा तथा चिया पिउन बाहिर जानुपर्ने बाध्यता हटेको बताएका छन् । उनले क्याफेले स्थानीय युवालाई रोजगारीका अवसर सिर्जना गर्दै कलैयाको आर्थिक विकासमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

क्याफेमा चाउचाउ साढेको, पिनट साढेको, पास्ता, फ्रेन्च फ्राइज, भेज मोमो, झोल मोमो, चिकेन मोमो, पकौडा, चिकेन पकौडा, भेज रोल, पनीर चिल्ली, लेमन टी, मिल्क टी, कफी लगायतका परिकारहरू सुलभ मूल्यमा उपलब्ध रहेको र उद्घाटनको अवसरमा १५ प्रतिशत छुट प्रदान गरिएको संचालक आयुष गुप्ताले जानकारी दिए।

उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, संजय गुप्ता लगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds